पूर्व राजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मउत्सब मनाइँदै, बिहानैदेखि शुभकामना दिन निर्मल निवासमा भिड

पूर्व राजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मउत्सब मनाइँदै, बिहानैदेखि शुभकामना दिन निर्मल निवासमा भिड


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह ७९ औँ वर्षमा प्रवेश गरेका छन् । सोमबार शाहको ७९ औँ जन्मउत्सब निर्मल निवासमा धूमधामका साथ मनाइँदै छ ।

शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भए ।

पूर्वराजाको जन्मदिनमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । बिहानैदेखि निर्मल निवास बाहिर शुभेच्छुकहरू जम्मा हुन थालेका थिए । राजावादी प्रमुख दल राप्रपाले पूर्व राजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको छ र यसमा सहभागी हुन पार्टी पङ्क्तिलाई अपिलसमेत गरेको छ ।

यसैबिच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा शाहलाई ७९औँ जन्मोत्सवको शुभकामना दिएका छन् । बिहान निर्मल निवासमा पुगेर लिङ्देनले पूर्व राजालाई शुभकामना दिएका हुन् । यस्तै पूर्व राजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।