दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका नारायण बुढाथोकी बेपत्ता

दार्चुलामा तुइन चुँडिएर महाकालीमा खसेका नारायण बुढाथोकी बेपत्ता


दार्चुला । दार्चुलामा तुइन चुँडिएर एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।

व्यास गाउँपालिका-२, दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मंगलबार दिउँसो करिब १२ बजे तुइन चुँडिएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार बुढाथोकी दुम्लिङबाट भारतीय बजारतर्फ जाँदै गर्दा तुइन अचानक चुँडिँदा उनी महाकालीमा खसेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता बुढाथोकीको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।