काठमाडौँ । विभिन्न घटनामा परेर युएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।
इस्लाम धर्मालम्बीहरुको महान् पर्व ईद अल-अदाहका अवसरमा युएई सरकारले एक सय २० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।
युएईको आवुधावीस्थित नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया