प्रचण्ड र शेखर कोइरालाबीच खुमलटारमा दुई घण्टा लामो वार्ता

प्रचण्ड र शेखर कोइरालाबीच खुमलटारमा दुई घण्टा लामो वार्ता


काठमाडौं, १ साउन ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच बिहीबार दिउँसो भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न कोइराला उनको खुमलटारस्थित निवासमा पुगेका थिए।

स्रोतका अनुसार, उनीहरूबीच झण्डै दुई घण्टा चलेको वार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको छ। “प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जोडिएका पछिल्ला काण्डसहित सबै समसामयिक विषयमा कुराकानी भयो,” स्रोतले जनाएको छ।

यो भेटले हालको राजनीतिक परिदृश्य र सम्भावित सहकार्यका विषयमा महत्त्वपूर्ण सङ्केत गरेको बताइएको छ।