६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री ओलीद्वारा बैठक आह्वान

६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री ओलीद्वारा बैठक आह्वान


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद् (क्याबिनेट) बैठक बालुवाटारमा बोलाएका छन् ।

सामान्यतया सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सम्भावित कार्य व्यस्तताका कारण आजैका लागि सारिएको बताइएको छ।

प्रशासन विशेष स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको भोलिको कार्यतालिका व्यस्त रहने भएकाले बैठक आइतबार नै आयोजना गरिएको हो।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल हुने अनुमान गरिएको छ।