बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलको राजीनामा

बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलको राजीनामा


काठमाडौं – नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले पदबाट राजीनामा दिनुभएको छ। पोखरेलले व्यक्तिगत कारण देखाउँदै गत साउन ५ गते राजीनामा दिएकी हुन्।

प्राधिकरणका अनुसार उहाँको राजीनामा स्वीकृत भएको छ। पोखरेल २०८१ चैत १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सञ्चालक पदमा नियुक्त भएकी थिइन्।