रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को बेलासपुरमा घटेको एक हृदयविदारक घटनाले समाज, सम्बन्ध र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका एक पुरुषले आफ्नै प्रेमिकाको निर्मम हत्या गरेका छन्।
ती पुरुष विवाहित मात्रै थिएनन् दुई सन्तानका बुवा थिए। तर उनी अर्की किशोरीसँग वैवाहिक सम्बन्धबाहिरको जीवन बिताइरहेका थिए। अन्ततः त्यो सम्बन्ध हत्या र आत्मसमर्पणमा पुगेको छ ।
बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले २२ वर्षीया निर्मला थापाको सलले घाँटी कसेर हत्या गरेका हुन्। निर्मला दैलेखकी स्थायी बासिन्दा थिइन् र नेपालगन्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्थिन्। उनीहरू नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा विगत तीन वर्षदेखि सँगै बस्दै आएका थिए।

प्रतिक्रिया