काठमाडौं ।
एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा।लि।बीच एक विशेष सम्झौता सम्पन्न भएको छ, जसअन्तर्गत बैंकका ग्राहकले देशभर रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुन मा सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
सम्झौता अनुसार, ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड, वा मोवाइल बैकिङ्ग एप प्रयोग गरी डिजिटल भुक्तानी गरेमा छुट सुविधा प्राप्त गर्न सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले बताएका छन् ।
बैंकले उक्त सुविधा नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलको छायाँ सेन्टर, जावलाखेलको मिनिसो बिल्डिङ, कमलादीको सिद्धार्थ कम्प्लेक्स, सामाखुसीको सिटी स्वायर सेन्टर, महाराजगन्जको भाटभटेनी सुपरमार्केट, हेटौंडाको भाटभटेनी र गणेश बिल्डिङ, नारायणघाटको जोशी भवन र वीरगन्जको रुङ्टा मल मा रहेका सैलुन शाखाहरूमा लागू हुने जनाएको छ।
लिजा श्री इन्टरप्राइजेजसँगको यो सहकार्यबाट ग्राहकहरूले उच्चस्तरीय सैलुन सेवा छुटसहित प्राप्त गर्नुका साथै, देशभर डिजिटल भुक्तानीको प्रयोग बढाउने उद्देश्य पूरा हुने बैंकले विश्वास लिएको छ।
एनआईसी एशिया बैंकले यस्ता सहकार्यमार्फत ग्राहक सेवा सुदृढीकरणसँगै, डिजिटल कारोबारलाई व्यापक बनाउने रणनीति अघि सारेको जनाएको छ।

प्रतिक्रिया