सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।