जनकपुरधाम ।
जनकपुरधाम उप-महानगरपालिकाले पाकिस्तानमा जारी एसिया कप अन्तर्गतको आज हुने नेपाल र पाकिस्तानको खेल हेर्न विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगर नगर कार्यपालिकाको कार्यालयले सुचना जारी गर्दै सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि विदा दिने भएको हो ।
वरिष्ठ उपसचिव मेही लाल यादवले जारी गरेको सुचनामा भनिएको छ :-प्रस्तुत विषयमा सिमित साधन स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एशिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठुलो गौरवको कुरा भएको हुनाले आज (Nepal vs Pakistan) पाकिस्तान संग एशिया कपको पहिलो खेल ३:०० बजे देखि खेलिने भएकोले हाम्रो गौरवालित टिमको हौसला बढाउन र विद्यार्थीहरुमा खेल प्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज मिति २०८०/०५/१३ गतेका दिन २:०० बजे पछि कुनै पनि कक्षा संचालन नगरी बिदा गरिदिनहुन आदेशानुसार अनुरोध छ ।
सुचना
प्रतिक्रिया