सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर दुई हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।