रविलाई जेल स्थानान्तरण गर्न रोकिएकोप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

रविलाई जेल स्थानान्तरण गर्न रोकिएकोप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्बन्धमा गम्भीर चासो व्यक्त गरेको छ ।

आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लिली थापाले यो गम्भीर विषय भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’

थापाले यस विषयमा काठमाडौँ गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन् ।