२६.२२ अंकले घट्यो नेप्से, कारोबार सात अर्ब नजिक

२६.२२ अंकले घट्यो नेप्से, कारोबार सात अर्ब नजिक


काठमाडौं- मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२२ अंकले घटेको छ । नेप्से ०.९२ प्रतिशतले घट्दा परिसूचक २७९६.२४ विन्दुमा पुगेको छ ।

बजार बन्द हुँदासम्म ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ ।

अन्तिम समयमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार २२६ कित्ता शेयर कारोबार भएको छ ।

होटल तथा पर्यटन बाहेक अन्य सबै समूह राताम्य भएको छ ।