डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दी सार्ने तयारीबीच सेनाको सुरक्षा घेरा

डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दी सार्ने तयारीबीच सेनाको सुरक्षा घेरा


काठमाडौं– देशभरका कारागारबाट कैदीबन्दी निस्किएको खबर पुगेपछि डिल्लीबजार कारागारभित्र आगजनी गरिएको छ।

आगोको मुस्लो बाहिर देखिएको छ। उक्त कारागारमा रहेका कैदीबन्दी सार्ने तयारी भएको बताइएको छ।

भित्र रहेका कैदीबन्दीले आफूहरु पनि निस्किन पाउनुपर्ने भनी माग राख्दै आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाको सुरक्षा तैनाथी बढेको छ।