तोला ११ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

तोला ११ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने सुन २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ४० रुपैयाँले बढेर तोलामा २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।