बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, ५ वटामा क्षति

बाढीले इलामका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द, ५ वटामा क्षति


काठमाडौँ- इलाममा सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका आयोजना बन्द भएका हुन् ।

इप्पानले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द रहेका छन् । निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुर्‍याएको छ ।

इलामकै निर्माणाधीन सिद्दीखोला हाइड्रोपावरमा पनि बाढीले क्षति पुगेको छ । यो आयोजनाको १० दिनमा हुने भनेको सीओडी अनिश्चित बनेको छ ।

सिन्धुपाल्चोक र पाँचथरका दुई/दुई आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ । अब यी आयोजनाको उत्पादन डिले हुने इप्पानले जनाएको छ ।