मिनरल वाटरमा भेटियाे कोलिफर्म

मिनरल वाटरमा भेटियाे कोलिफर्म


परासी ।

नवलपरासीको बर्दघाट नगरपालिका-७ स्थित नेहा अक्वा इन्डस्ट्रिजले उत्पादन गरेको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा कोलिफर्म भेटिएको छ।

बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको हो।

पानीमा कोलिफर्म भेटिएपछि उद्योगलाई ४८ घन्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन नगर स्तरीय उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ।

तर, ५ दिन बितिसक्दा पनि उद्योगले पानी फिर्ता लगेकोबारे जानकारी नगराएको बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए ।

पानीमा ब्याक्टेरिया भेटिएपछि नगरबासीलाई उक्त पानी नपिउन नगरपालिकाले आग्रह गरेको छ ।