नयाँ रेकर्ड राख्ने तयारीमा सुनको भाउ, आज ४ सयले बढ्यो

नयाँ रेकर्ड राख्ने तयारीमा सुनको भाउ, आज ४ सयले बढ्यो


काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको भाउ उकालो लागेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सयले बढेको हो ।

हिजो १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १२ हजार ४५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । हिजो १४ सय ६० मा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।