२ दिनदेखि उकालो लागेको सुनको भाउ आज घट्यो, कतिमा हुँदै छ कारोबार ?

२ दिनदेखि उकालो लागेको सुनको भाउ आज घट्यो, कतिमा हुँदै छ कारोबार ?


काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ ओलारो लागेको छ ।

लगातार २ दिन देखी उकालो लागेको सुन मंगलबार ३ सयले घटेको हो ।

हिजो १ लाख १३ हजारमा कारोबार भएको सुन आज १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १२ हजार १५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । हिजो १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।