खेतमा राखेको विद्युतीय पासोमा परी महिलाको मृत्यु, तस्करीको सामान बरामद

खेतमा राखेको विद्युतीय पासोमा परी महिलाको मृत्यु, तस्करीको सामान बरामद


कैलाली ।

धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति १ महिलाको मृत्यु भएको छ ।

वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

महिलाको मृत्यु भएपछि खेतमा विद्युतीय धराप राख्ने स्थानीय जंगलिया चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

घटनास्थलबाट भारतबाट तस्करी गरी ल्याइएको केही सामान बरामद गरिएको छ । महिला राति खेतमा किन गएको भन्ने विषयमा परिवारसँग सोधपुछसहित अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ । साथै, बरामद तस्करीको सामान कसले ल्याएको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बस्यालले बताए ।