अझै भेटिएनन् कारागारबाट भागेका कैदी, कुकुरसहित २ सय बढी प्रहरी परिचालन

अझै भेटिएनन् कारागारबाट भागेका कैदी, कुकुरसहित २ सय बढी प्रहरी परिचालन


बर्दिया ।

शनिबार राति बर्दिया कारागारबाट पर्खाल नाघेर भागेका कारागारका भाइ नाइके समेत रहेका कैदीबन्दी ३० वर्षीय अजित बुढा क्षेत्री अझै पक्राउ पर्न सकेका छैनन् ।

खोजीमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । अहिले खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २ सयभन्दा बढी संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सम्भावित सीमा नाका, गौडा र क्षेत्रमा कडा निगरानीसाथ क्षेत्रीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले बताए । राति ३ बजेतिर अन्य कैदी निद्रामा परेको मौका पारी १६ फिट अग्लो पर्खाल नाघेर भागेका थिए ।

फरार क्षेत्र २०७१ चैतमा ठाकुरबाबा नगरपालिका–८ का ७९ वर्षीय छिमेकी जोरासिंह थापाको हत्या गरेको गरेको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर ३० वर्षको सजाय काटिरहेका थिए ।

उनी सुरुमा पक्राउ पर्दा जिल्ला अदालत लैजाने क्रममा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका थिए । लामो समय भारतमा लुकेर बसी नेपाल आएका बेला उनी ११ महिना पहिलो पक्राउ परेका थिए ।