सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । प्रतितोला ७ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने २ लाख ३९ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।