प्रशासकीय र लेखा अधिकृतको लाजमर्दो हर्कत, कार्यालयमै अनैतिक क्रियाकलाप !

प्रशासकीय र लेखा अधिकृतको लाजमर्दो हर्कत, कार्यालयमै अनैतिक क्रियाकलाप !


इलाम ।

इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।

उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको देखिन्छ ।

उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा पोष्ट भएको छ ।

प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।