कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन


काठमाडौं ।

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ ।

यसअघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको परीक्षा अब ९ र १० गते हुने भएको हो ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ग्रेडवृद्धि (पूरक) परीक्षा दुई दिन मात्र सञ्चालन हुनेछ ।

एक विषयको मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि परीक्षा सञ्चालन भएको पहिलो दिनमै ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्ने बोर्डले जनाएको छ ।