काठमाडौं ।
बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ३ सयले घटेको हो ।
हिजो १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुृन १ लाख ११ हजार ८५० कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । हिजो १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया