सेना परिचालनको निर्णय गर्न डाकियो मन्त्रिपरिषद, सुरक्षा परिषदले सिफारिस गरेको थियो

सेना परिचालनको निर्णय गर्न डाकियो मन्त्रिपरिषद, सुरक्षा परिषदले सिफारिस गरेको थियो

काठमाडौं– सेना परिचालनको निर्णय गर्न मन्त्रिपरिषदको बैठक डाकिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार दिउँसो सिंहदरबारमा बैठक बोलाएकी हुन्।

बिहीबार बसेको सुरक्षा परिषद्को बैठकले निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्ने संवैधानिक प्रावधान छ।