काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्। मंगलबार बिहान शीतल निवास पुगेर अर्यालले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा राष्ट्रपति पौडेलले अर्यालको कार्यकालमा गरेका योगदानको प्रशंसा गर्दै सेवानीवृत्तिपछि सुखमय जीवनको शुभकामना व्यक्त गरे। उनले चुनौतीपूर्ण अवस्थाहरूमा समेत प्रशासनिक नेतृत्व प्रभावकारी रूपमा सम्हालेको भन्दै अर्यालको भूमिका उच्च प्रशंसनीय रहेको उल्लेख गरे।
मुख्यसचिव अर्याल आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रतिक्रिया