प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.५० अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.५० अंकले बढ्यो


काठमाडौँ । प्रि-ओपन सेसनमा सोमबार नेप्से परिसूचक बिहिवार ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको छ।

यस सेसनमा ३६ लाख ७ हजार ९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ६० कम्पनीको ८ हजार ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेमा कारोबार भएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।