फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८

फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८


काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने दलको संख्या १०८ पुगेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो ।

बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् ।

यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्छन् ।

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या भने १३९ पुगेको छ । बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन् ।

बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका थिए । यससँगै जेन जेड आन्दोलनपछि मात्रै दर्ता हुने नयाँ दलको संख्या २३ पुगेको छ ।