काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ ।
यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया