फोहोर व्यवस्थापनको विशेष निगरानी गर्दै मेयर, उपमेयर

फोहोर व्यवस्थापनको विशेष निगरानी गर्दै मेयर, उपमेयर


बाँके ।

नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा विशेष निगरानी सुरु गरेको छ ।

उपमहानगर भित्र रहेका विभिन्न अस्पताल र निजि क्ल्नििकहरुले स्वास्थ्यजन्य फोहोर जहाँ पायो त्यहि फाल्ने गरेको भन्दै विशेष निगरानी सुरु गरेको हो।

उपमहानगरभित्र रहेका अस्पतालहरुदेखि लिएर निजि क्लिनिक र मेडिकल स्टोरहरु समेत सो बारेमा गम्भीर नदेखिएकोले चिन्ता बढेको बताउँदै । नगर प्रमुख प्रशान्त विष्ट , उपप्रमुख कमरुद्दीन राई, वातावरण तथा सरसफाई शाखा र प्रमुख कार्यकारी अधिकृत आफैंले नगरका विभिन्न स्थानमा पुगेर स्वास्थ्यजन्य फोहोरको अवस्थाबारे अनुगमन गर्ने गरेका छन् ।

उपमहानगरका उपप्रमुख राईले त्यस्तो अनुगमन गर्दा धेरै ठाउँमा सडक छेउमा लापरबाहीपुर्ण तरिकाले स्वास्थ्यजन्य फोहोर फालिएको पाईएको बताउछन् ।

नेपालगन्जलाई सफा स्वच्छ र सुन्दर बनाउन हरेक नगरवासीको सहयोग र समर्थन अपरिहार्य भएको उपमहानगरपालिकाले जनाएको छ । उता, नेपालगन्जका नगर प्रमुख विष्टले सरसफाईमा लापरबाही गर्ने छुट कसैलाई पनि नदिने जनाउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताउछन् ।

स्वास्थ्यजन्य फोहोरको उचित विसर्जन नगरको सुन्दरता र स्वास्थ्यसँग जोडिएको सम्वेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट मात्र नगरलाई स्वच्छ र सफा राख्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।