भदौ २३ गते जेन जेड शहीद दिवस मनाउने निर्णय

भदौ २३ गते जेन जेड शहीद दिवस मनाउने निर्णय


काठमाडौँ। सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेन जेड शहीद दिवस मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेन जेड शहीद दिवसको दिनमा मनाउने निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवं सञ्चार मन्त्री जगदीश खरेलले सरकारले जेन जेड आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।