संसद् विघटनविरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी

संसद् विघटनविरुद्धको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी


काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ जारी छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँ जनाको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो।

पूर्ण इजालसमा प्रधान न्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा छन्।

प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्च पुगेको हो।