बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै

बालुवाटारमा सर्वपक्षीय बैठक बस्दै


काठमाडौँ। आज सर्वपक्षीय बैठक बस्दै छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेछ ।बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

 

बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।