उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख र भण्डारीसँग १ लाख धरौटी माग

उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक अधिकारीसँग ५ लाख र भण्डारीसँग १ लाख धरौटी माग


काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका भ्रष्टाचार भएको मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी मागेको छ ।

भक्तपुरको नलिञ्चोकको हेलिपोर्टको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई विशेषले पोखरा विमानस्थलको मुद्दामा भने पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

तर, हेलिपोर्टको मुद्दाले पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका अधिकारी यो आदेशले भने रिहा हुने छैनन् ।

विशेषले पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामै नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख धरौटी माग गरेको छ ।

विशेषका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई धरौटीमा छाड्न आदेश भएको हो ।