इन्डोनेसियामा आगलागी हुँदा २२ जनाको मृत्यु

इन्डोनेसियामा आगलागी हुँदा २२ जनाको मृत्यु


काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो सात तले भवनमा आगलागी भएको थियो। शहर प्रहरी प्रमुख सुसाट्यो पूर्णोमो कोन्ड्रोले आगलागी हुँदा केही कर्मचारीहरू खाना खाइरहेको बताएका छन।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ड्रोन उत्पादन कम्पनी रहेको भवनको पहिलो तल्लामा ब्याट्री विष्फोट हुँदा आगो सुरु भएको र त्यसपछि माथितिर फैलिएको थियो। प्रहरीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला थिए जसमा एक गर्भवती पनि थिइन्। प्रहरीले उनीहरूमध्ये धेरैजसोको मृत्यु धुवाँमा निसास्सिएर भएको बताएको छ।

राहत र उद्धारका लागि दमकलले २८ वटा सवारी साधन र लगभग १०० जना दमकलकर्मीहरू खटाएको थियो। यद्यपि आगो निभाइसकिएको छ र उद्धार टोलीहरूले अहिले माथिल्लो तल्लामा खोजी कार्य गरिरहेका छन्।