बेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

बेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद


काठमाडौँ । मोरङ प्रहरीले रंगेली नगरपालिका-८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गए राति लागूऔषध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको हो ।

घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।