नदी कटान गरेर संरचना बनाउदा कारवाही नहुने तर जनताकामा डोजर लिएर पुग्ने शैली ठिक भएन

नदी कटान गरेर संरचना बनाउदा कारवाही नहुने तर जनताकामा डोजर लिएर पुग्ने शैली ठिक भएन


काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।

उनले सरकारी आयोजना र निकायले नै मापदण्डलाई पालना नगरी नदी कटानसमेत गरी संरचना निर्माण गरिँदा कारवाही नहुने तर सर्वसाधारण जनताले कमजोरी गरेमा डोजर लगाएर भत्काइने शैली उचित नभएको बताए ।