जिएसीको इभी कार नेपालमा बिक्री हुने

जिएसीको इभी कार नेपालमा बिक्री हुने


काठमाडौं ।

ग्वान्झाओ अटोमोबाइल कर्पोरेसन (जिएसी) को एवोन् ब्रान्डको इभी नेपालमा बिक्रीवितरण हुने भएको छ ।

सिजी मोटर्सले नेपाल ल्याउन लागेको जिएसी चीनको ठुलो कार निर्माता मध्येको एक ब्रान्ड हो । कम्पनीले चीनमा जापानी ब्रान्ड होन्डाका कार उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।

साथै जिएसी ब्रान्डमा आफ्नै सवारीसाधन उत्पादन गर्दै आएको कम्पनीले एवोन नामबाट इलेक्ट्रिक सवारीसाधन उत्पादन गर्दै आएको छ ।

कम्पनीले सिजी मोटर्सलाई आधिकारिक बिक्रेता नियुक्त गरेर एवोनका इलेक्ट्रिक गाडी चाँडै नेपाल ल्याउन लागेको हो । अहिले चीनमा एवोन ब्रान्डका इलेक्ट्रिक भेहिकल बिवाइडी र टेस्लापछि सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ ।