नेपालमा ५ जी प्रविधि सुरू गर्दै सामसङ

नेपालमा ५ जी प्रविधि सुरू गर्दै सामसङ


काठमाडौं ।

सामसङले नेपालमा ५ जी प्रविधि सुरू गर्ने तयारी गरेको छ।

नेपालमा आविष्कारको क्षेत्रमा सामसङ अग्रणी रूपमा रहँदै आएको छ। सामसङ विश्वकै सबैभन्दा लोकप्रियमध्येको एक ब्रान्ड हो।

स्मार्टफोनको दुनियाँमा नयाँ, उन्नत र नवीनतम प्रविधि भित्र्याउनमा सामसङको बेग्लै पहिचान रहेको कम्पनीले दाबी गर्दै आएको छ। सामसङले फोल्डेबल स्मार्टफोन प्रविधिलाई उन्नत बनाउनमा समेत निकै ठूलो भूमिका खेलेको छ।

हाल नेपालका दुई प्रमुख टेलिकम अपरेटरहरू, नेपाल टेलिकम र एनसेलको देशभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन्।

अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान ब्यान्डहरू २ जीको लागि ब्यान्ड ८(९०० मेगाहर्ज), ३ जीको लागि ब्यान्ड १ (२१०० मेगाहर्ज) र ४ जीको लागि ब्यान्ड ३ (१८०० मेगाहर्ज) सबैसँग सामसङद्वारा समर्थित रहेको कम्पनीको भनाइ छ।

नेपाल टेलिकमले भोल्टे विस्तार गर्ने समयमा भने आफ्नो एलटिईर४ जी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्यान्ड २०(८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो। सामसङद्वारा यसको परीक्षण गरेपछि आफ्ना उपकरणहरूमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो। यस लगतै सन् २०२० देखि नेपालमा सामसङ ब्यान्ड २० समर्थित पहिलो मोबाइल ब्रान्ड बनेको हो।

सामसङले नेपालमा सञ्चालनमा रहेका दुई मुख्य सञ्चालक नेपाल टेलिकम (एनटिसी) र एनसेलहरूको यी सबै ब्यान्डहरू र फ्रिक्वेन्सीहरूको सञ्चालनमा देहाय बमोजिम साथ दिँदै आएको छः


नेपालका टेलिकम कम्पनीहरू ५ जी नेटवर्क सुरू गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्दैछन्। देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकहरूले यो प्रविधिको व्यवसायिकरण गरेसँगै प्रयोगकर्ताहरूले आफ्नो ५ जीको लागि तयार रहेका उपकरणहरूमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन्।

सामसङले सन् २०२१ देखि नै ५ जीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोनहरू उपलब्ध गराउँदै आएको छ। देशमा ५ जी प्रविधि भित्र्याउने सन्दर्भमा सामसङले नेपाल टेलिकम र एनसेल दुवै टेलिकम सञ्चालकहरूसँग निरन्तर काम गर्दै आएको छ।

कम्पनीले हालै ५जी स्मार्टफोन सामसङ ग्यालेक्सी एम१४ ५ जी बजारमा उपलब्ध समेत गराएको छ। सामसङ ५ जीको लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको जनाएको छ।