काेसीमा अस्थिरता : हिक्मत कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काेसीमा अस्थिरता : हिक्मत कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश


काठमाडौँ ।

सर्वोच्च अदाललते कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गर्दैै ठुलो दलको संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश दिएको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले भदौ ४ गते लिएको विश्वासको मतलाई बदर गरेको हो।

सर्वोच्चले पुनः विश्वासको मत लिन आवश्यक नभएको ठहर गर्दै कार्कीलाई संविधानको धारा १६८ (३) बमोजिम ४८ घन्टाभित्र मुख्यमन्त्री बनाउन आदेश दिएको हो।

प्रदेशसभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसमेतले मतदान गरी थापाकाे पक्षमा ४७ मत खसेकाे थियाे ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका थिए।

उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोसी सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।

यसअघि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो ।