काठमाडौँ । सोमवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.०१ अंकले घटेर २५९५.०८ विन्दुमा कायम भएको छ।
प्रि-ओपन सेसनमा ५१ स्क्रिप्सको २ हजार ७३६ कित्ता सेयर १६ लाख ५७ हजार ९२६ रुपैयाँमा खरिदबिक्री भएको छ भने, कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घटेको छ । बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया