काठमाडौँ। सरकारी टोलीले जेन जेड आन्दोलनका क्रममा आगजनी भएको नेपाली काँग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित जलाइएको काँग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै काँग्रेसका प्रतिनिधिहरूसँग छलफल गरेको छ ।
कानुन मन्त्री अनिलकुमार सिन्हा, सञ्चार मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।
यसपछि आजै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम रहेको छ ।
जेन जेड आन्दोलनका क्रममा गत भदौ २४ गते काँग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरवार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।

प्रतिक्रिया