मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


सर्लाही । बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ ।

सुदामा ब्यारेजमा प्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका–१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।

स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो । रामनगर–५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट बुधबार साँझ यादव गाउँपालिकाकै मोटरसाइकल चढेर घरतर्फ फर्किँदा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।