रौतहट । कटहरिया नगरपालिका ९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ कामदार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विस्फोटमा सोही नगरपालिका(९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा ६ जना घाइते भएका छन्। सबै घाइतेका हातखुट्टा जलेका छन्।उनीहरूलाई उपचारका निम्ति वीरगन्ज पठाइएको छ। विस्फोटको कारण स्पष्ट भएको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया