वुलिङ एयर इभी खरिद गर्न चाहने ग्राहकलाई नबिल बैंकले ८० प्रतिशत बढी कर्जा दिने

वुलिङ एयर इभी खरिद गर्न चाहने ग्राहकलाई नबिल बैंकले ८० प्रतिशत बढी कर्जा दिने


काठमाडौँ ।

वुलिङ एयर इभी खरिद गर्न चाहने ग्राहकलाई नबिल बैंकले फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

वुलिङ एयर इभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्स र नबिल बैंकबीच यस्तो समझदारी भएको हो ।

यससम्बन्धी सम्झौता पत्रमा इभी नेपाल मोटर्सका तर्फबाट र नबिल बैंकका तर्फबाट बैंकका प्रतिनिधि र कम्पनीको तर्फबाट कम्पनीको प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार वुलिङ एयर इभी किन्न चाहने ग्राहकलाई नबिल बैंकले गाडीको मूल्यको ८० प्रतिशतभन्दा बढीसम्म कर्जा उपलब्ध गराउने छ।

२०० र ३०० किलोमिटर रेन्ज दिने २ भेरिएन्टमा वुलिङ एयर इभी उपलब्ध छ। यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ।

वुलिङ इभीले इन्डोसियामा एसएआइसी र जिएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारीसाधन उत्पादन गर्ने गरेको छ। वुलिङ एयर इभी इन्डोनेसियामा लोकप्रिय इलेक्ट्रिक कार हो।

सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट वा ५० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ।

रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।