काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला आज दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने सुनको मूल्य तोलामा दुई लाख ६९ हजार तीन सयमा कायम भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २७० रुपैयाँ बढेर चाँदी चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया