नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ७७ करोडको कारोबार

नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ७७ करोडको कारोबार


काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३७ कम्पनिका एक करोड ३७ हजार ३०७ कित्ता शेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ मा कारोबार भएको थियो । आज विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आइएमइ सम्मुन्नत योजना -२ को शेयर ९.९४ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड २ लाख र कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाखको कारोबार भएको छ ।