सानिमा रिलायन्स लाइफले ३५ देखि ७० रुपैयाँसम्म बोनस दिने

सानिमा रिलायन्स लाइफले ३५ देखि ७० रुपैयाँसम्म बोनस दिने


काठमाडौं ।

सानिमा रिलायन्स लाइफले बिमिततका लागि नयाँ बोनसदर घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदरमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ ।

यस्तै सावधिक जीवन बीमा योजना (रेगुलर)मा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । कम्पीनीले सावधिक जीवन बीमा योजना (एकल)मा न्यूनतम ३५ रुपैयाँदेखि अधितम ४३ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

साथै, कम्पनीले त्रिपल सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार न्यूनतम २० देखि ३० रुपैयाँ बोनसदर तोकेको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ