प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


काठमाडौँ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.०४ अंकले बढेर २६३४.८१ विन्दुमा पुगेको छ।

प्रि-ओपन सेसनमा ४६ वटा स्क्रिप्सको ६ हजार ६१३ कित्ता सेयर ६५ लाख ३ हजार १० रुपैयाँमा खरिदबिक्री भएको छ भने, कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ । बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।